शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो


१८ असार २०८०, सोमबार


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतबार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटेल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डकाे शेयर सबैभन्दा धेरै नौ झन्डै प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटेलको शेयर १० प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस