बागमती प्रदेश सभाको बैठक आज बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेश सभाको बैठक आज बस्दै


१८ असार २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशसभा बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने छ । आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार पनि विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो ।

२ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलो गरी ४ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका थिए । उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

आइतबार साँझ साँढे पाँच बजे पुनः बस्ने गरी स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस