काठमाडौँ । विश्वकप क्रिकेट छनोटको प्ले अफमा युएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।
युएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।
कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरूलाई मैदान उतारिएको हो ।
विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले युएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग र पराजित टिमले नवौँ स्थानका लागि अमेरिकासँग खेल्ने छ ।