सुशासनको पहिलो संसद नै पत्रकारिता हो : उपसभामुख राना « प्रशासन
Logo ३ श्रावण २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुशासनको पहिलो संसद नै पत्रकारिता हो : उपसभामुख राना


१६ असार २०८०, शनिबार


काठमाडौँ । उप-सभामुख इन्दिरा राना मगरले सुशासनको पहिलो संसदको रूपमा पत्रकारिता रहेको बताएकी छिन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उप–सभामुख राना मगरले आम जनताको चासोलाई पत्रकार मार्फत सदनमा ल्याउन र सदनको गतिविधिलाई जनतासम्म पुर्‍याउन पत्रकारिताले सहयोग गरेको बताइन् ।

‘पत्रकारहरू देशको चौंथो अंगमात्र होइन यो समाजको ऐना हो । सुशासनको पहिलो संसद नै पत्रकारिता हो ।’ मगरले भनिन् ।

उनले पत्रकारले जिम्मेवार, पारदर्शी हुनुपर्ने र उनीहरूलाई पनि शत्रुको जस्तो व्यवहार गर्न नहुने धारणा राखिन् ।

उनले भनिन्,‘संसदमा बोल्दा सांसदहरुले पनि समाचारहरू हेरेर त्यसको आधारमा कति धेरै रिसर्च गरेर बोलेको पाउँछु, हामी कति माथि छौं, पत्रकारिताले कति सहयोग भइरहेको छ,हामीले उहाँहरूलाई शत्रुको जस्तो व्यवहार गर्नुभएन । पत्रकारहरूले पनि राम्रो सूचना जनतालाई दिनुपर्छ। जबाफदेही र पारदर्शी हुनुपर्छ ।’

त्यस्तै, उप–सभामुख मगरले निष्पक्ष र तटस्थ पत्रकारिता गर्न चाहनेको लागि अवसर नभएको,महिला पत्रकारलाई अझ गाह्रो रहेको उल्लेख गर्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस