२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्ननगरमा रोजगार मेला

अ+ अ-

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर-१ स्थित होटेल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् । 

मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताए । उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ । 

सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उनले भने, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजना अन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।” 

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताए । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबिच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा साबित हुने बताए । उनले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गरेका छन् । 

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताए । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका  गरी ३४ प्रदर्शनी कक्ष छन् । 

प्रतिक्रिया दिनुहोस