असारे गीत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

असारे गीत


१५ असार २०८०, शुक्रबार


रम्दैछ किसान असार मास पौरख गर्नलाई 

रोपेर मानो फलाई मुरी भकारी भर्नलाई

हलो र जुवा हलगोरु नार्दै खुर्पेटो भिरेर 

साउँदै छन् लाठे फनफनी घुमाई रमाइलो गरेर 

कोरेर कपाल बाटेर चुल्ठो त्यसमै फूल सिउरेर 

छुपुमा छुपु रोप्दैछन् रोपार गरामा निउरेर  

माटाको टीका बिउको फूल लाएर माथमा

खाउँला खाजा दही र चिउरा खेताला साथमा

खेलुँला हिलो रोपारे अनि बाउसे मिलेर

फैलाऊँ बास्ना महक धेरै फूल झैँ खिलेर

आँखाको भाषा आँखैले बुझ्न गरेको तयारी

कुरेर बस्छु चाँडै होस् भनी मायाको सवारी

Tags :
प्रतिक्रिया दिनुहोस