कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


१५ असार २०८०, शुक्रबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमरेकिन डलरको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले शुक्रवार अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा तोकिदिएको छ ।

चाइनिज युआन १ को खरिद दर १८ रुपैयाँ १० पैसा तथा बिक्रीदर १८ रुपैयाँ १९ पैसा कायम गरिएको छ भने जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँमा किनबेच हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ कायम गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस