इलाममा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो झन्डा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इलाममा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो झन्डा


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।‌

भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए । 

प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो ।

कोसी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् ।‌

प्रदेश सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।‌

Tags :
प्रतिक्रिया दिनुहोस