घट्दै स्तनपान दर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घट्दै स्तनपान दर


१३ असार २०८०, बुधबार


काठमाडौँ । नेपालमा पूर्णरुपमा स्तनपान गराउने प्रवृत्ति घट्दै गएको पाइएको छ । सरकारको तथ्यांकअनुसार सन् २०११ देखि निरन्तररुपमा स्तनपान दर घट्दै गएको देखिन्छ । 

नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणले ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकाहरूलाई पूर्णरुपमा स्तनपान गराउने गरेको पाइएको हो । सन् २०११ को सर्वेक्षणमा यो संख्या ७० प्रतिशत रहेकोमा सन् २०१६ को सर्वेक्षणमा घटेर ६६ प्रतिशत पुगेको थियो । नेपाल मल्टी इन्डिकेटर क्लस्टर सर्भे ९मिक्स० २०१९ को तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशतमात्र रहेको देखाएको छ ।

आमाको दूध बच्चाका लागि उत्कृष्ट प्राकृतिक आहार मानिन्छ । जति लामो समयसम्म बच्चालाई स्तनपान गराइन्छ त्यति नै आमा र बच्चाहरूको स्वास्थ्यका लागि लाभदायक हुने विज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अनुसार बच्चाहरूलाई विशेषरूपमा पहिलो ६ महिनासम्म स्तनपान गराउनु पर्दछ र त्यसपछि उनीहरू दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस् आहारका साथ स्तनपान गराइरहनु पर्दछ । तर विभिन्न कारणले आमाहरूले स्तनपान गराउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस