काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ।
रास्वपाले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीले जनाएको छ ।
उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ।