पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी


१३ असार २०८०, बुधबार


काठमाडौँ । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् ।

कुम्मायक गाउँपालिका  र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका-१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक-१ भदौरेका लीला थापा, हेमन्त थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् ।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै फिदिम नगरपालिका-११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस