अवैध औषधि पसल चलाएका ११ भारतीय पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवैध औषधि पसल चलाएका ११ भारतीय पक्राउ


१२ असार २०८०, मंगलबार


काठमाडौँ । कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय व्यवसायी पक्राउ परेका छन्। उनीहरूविरुद्धमा इलाजसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने भएको छ।

लामो समयदेखि एकछत्र गैरकानुनी रूपमा मापदण्डविपरीत औषधि बेचबिखन गर्दै आएका ११ भारतीय औषधि व्यवसायीविरुद्ध कञ्चनपुर प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाइने भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका ११ भारतीयविरुद्धमा औषधि व्यवस्था विभागबाट समेत मुद्दा चलाउन सकिने भएकाले उताबाट कसुर कम लाग्ने भएकाले इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउन लागिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस