शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छ : शिक्षामन्त्री राई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छ : शिक्षामन्त्री राई


१२ असार २०८०, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले शिक्षा ऐनसम्बन्धी विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको पनि बताए । 

शिक्षा ऐनले दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय सुधारका धेरै काम पूरा गर्ने बताए । 

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरुले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको सदनलाई जानकारी गराए ।  

Tags :
प्रतिक्रिया दिनुहोस