काठमाडौँका सुकुम्वासीलाई लालपुर्जा दिइने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँका सुकुम्वासीलाई लालपुर्जा दिइने


१२ असार २०८०, मंगलबार


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सुकुम्बासीहरुलाई जग्गाधनी पक्राउ पुर्जा दिने बताएकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन । काठमाडौँकै नेवार समुदाय सुकुम्वासी रहेको भन्दै उनले उनीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने बताएकी हुन्।

‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ। यद्यपि, काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरू धेरै छन्। काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो’ उनले भनिन्।

काठमाडौँका स्ववासीको अवस्था भयावह रहेको भन्दै मन्त्री श्रेष्ठले दुई तीन पुस्ता अगाडिदेखि बसोबास गरिरहेकाहरू पनि लालपुर्जाविहीन रहेको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस