काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन्।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताए।
उनले लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रूपमा काम गर्न दिनुपर्ने जिकिर गरे। अर्थमन्त्रीले यस विषयमा गोलमोटल रूपमा नभई छुट्टै जवाफ दिनुपर्ने माग उनले गरे।
उनले निर्वाचनको विषय संसारले हेर्ने भन्दै यसको निष्पक्षतालाई जोगाउनुपर्ने बताए।