२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी गर्ने महिला पक्राउ 

अ+ अ-

काठमाडौँ । एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्।

प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका-८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले  सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

‘सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो, ’उनले भने।

सुरूमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र आफू बेलायतको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ।

प्रहरीका अनुसार ती महिलाले पीडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी सम्पर्क गर्थिन्।

त्यस्तै उनले,’नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, उपचार पठाइदिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइदिएको छु,‘भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ।

उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउन भन्सार, डलर चार्जबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा पठाउन लगाउने गरेको खुलेको छ।

उनले पटकपटक गरी जम्मा आठ लाख ४० हजार रूपैयाँ पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडित प्रहरीमा आइपुगेका हुन्।

उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवं कारबाही थालिएको छ।

प्रतिक्रिया दिनुहोस