१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लागू औषधको प्रयोगले स्वस्थ, सभ्य र अपराध मुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् ।

लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, समाज र राष्ट्रको लागि हानिकारक भएको भन्दै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्ने बताए ।

उनले भने, लागू औषधको उपयोग, कारोबार र वृद्धि चिन्ताजनक छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, व्यक्ति समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्छ । स्वस्थ, सभ्य, अपराध मुक्त समाज निमार्ण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यसले थप चुनौती सिर्जना गरेको छ ।

गृहमन्त्री श्रेष्ठले जनताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न लागू औषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासीमा नियन्त्रण गर्न गृह मन्त्रालयले लागू औषध ऐन २०३३ लाई कार्यान्वयनको नेतृत्व गरिरहेको उल्लेख गरेका छन् ।

उनले २०२३ लगायत अन्य थुप्रै नीति, ऐन तथा कार्ययोजनाहरुमा लागूऔषधको माग घटाउने र आपूर्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए ।

उनले भने, लागू औषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र रणनीति २०६६ लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापन केन्द्र सञ्चालन निर्देशिका २०७५, लागू औषधको मौखिक प्रतिस्थापन उपचार केन्द्र सञ्चालन निर्देशिका २०७०, लागू औषध नियन्त्रण राष्ट्रिय पयिोजना २०७९, ८४ र अन्य निर्देशिका स्वीकृत गरी कार्यान्वयन भइरहेको छ । नीति तथा कार्य योजनाले खासगरि लागूऔषतको माग घटाउन र आपूर्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।

यस्तै, उनले लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहु सरोकारको विषय भएको हुँदा लागूऔषधको उत्पादन बिक्री वितरण, उपचार तथा पुन:स्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुन स्थापना र जनचेतनालाई अभियानको रुपमा सञ्चालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रूपमा सञ्चालन गर्न आवश्यक भएको बताए ।

उनले भने, कानून, नीति र रणनीतिहरूलाई समसामयिक रूपमा संशोधन गर्न मन्त्रालयले काम सुरुवात गरेको छ । लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहु सरोकारको विषय भएको हुनाले सरोकारवाला निकाय
सहकार्यबाट लागूऔषधको उत्पादन बिक्री वितरण, उपचार तथा पुर्नस्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुर्नस्थापना र जनचेतनालाई अभियानको रूपमा सञ्चालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रूपमा सञ्चालन गर्न आवश्यक छ । यसको नियन्त्रणमा आवश्यक काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस