२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

अ+ अ-

छोरी । लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाई भैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुई वटा वडाका गाई भैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए ।

रोगको सङ्क्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभैँसीमा खोप अभियान सञ्चालन गरिएको उनले बताए । ‘अहिलेसम्म तीन सय गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाई सकिएको छ’, उनले भने, ‘गोरखा जिल्लामा पहिलो पटक लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो ।

खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा अर्यालले बताए । लम्पी स्किन रोग लागेपछि पशुबस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए पशुको मृत्युसमेत हुने डा अर्यालको जानकारी दिए ।

‘पशुमा यो रोगको लक्षण देखिने बित्तिकै पशु चिकित्सकसँग परामर्श गरी उपचार गर्नुपर्छ’, उनले भने, ‘एक पशु बस्तुबाट अर्को पशु बस्तुमा सर्न नदिन रोग लागेको पशु बस्तुलाई निरोगी पशु बस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ ।’गोरखा जिल्लाभित्र पाँचभन्दा बढी स्थानीय तहहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिए सकेको छ ।

जिल्लाको भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको पशुसेवा विज्ञकेन्द्र गोरखाले जनाएको छ । लम्पी स्किन रोगका कारण अहिलेसम्म ५८ वटाभन्दा बढी पशुको मृत्यु भइसकेको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ ।