Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खेतीयोग्य जमिन बाँझो राखे दोब्बर तिरो तिर्नुपर्ने


१० असार २०८०, आइतबार


काठमाडौँ । कृषियोग्य जमिन बाँझो राखेमा दोब्बर रकम तिरो तिर्नुपर्ने भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन भन्दै खेतीयोग्य जमिन बाँझो राखेको खण्डमा दोब्बर रकम तिरो तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेको छ ।

उपमेयर मिश्रा आचार्यलेले आज आइतबार आउँदो आर्थिक वर्ष २०८०-८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र आधुनिकीकरण गर्नेलगायतका कार्यक्रम सन्धिखर्क नगरपालिकाले गर्ने भएको छ ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजार हुँदै एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति भएको ठाउँ अर्घा भगवती मन्दिर र अर्घा दरबारमा लैजान निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक गाडी सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।

पालिकाले रैथाने बालीको संरक्षण गर्ने, पर्यटनका लागि पदमार्ग निर्माण गर्ने भएको छ । तारे होटेल र स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा राजस्व दस्तुरमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका वादी समुदाय र गन्धर्व समुदायको नगरपालिकाले  निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको मूल्याङ्कन गर्दै निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ ।

यस्तै नगरभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्र गर्ने, घरघरमा खानेपानी पुर्‍याउनेलगायतका कुरा समावेश भएको नीति तथा कार्यक्रम नगरपालिकाले पास गरेको छ ।

बजेटमा पुँजीगत खर्च ३२ करोड, चालु खर्च ५१ करोड ४५ लाख र सामाजिक सुरक्षा खर्च १८ करोड रुपैयाँ रहेको छ । आज प्रस्तुत भएको बजेट १३ गते बस्ने नगरसभाले पास गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस