हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप


१० असार २०८०, आइतबार


काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५५ हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस