नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमा अलआउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमा अलआउट


९ असार २०८०, शनिबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमै अलआउट भएको छ। 

जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ४४ दशमलव ३ ओभरमा १ सय ६७ रनमा समेटिएको हो। खराब ब्याटिङबाट गुज्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान गरे। 

सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७-२७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६ रनमा आउट हुँदा करण केसी एक रन र आसिफ शेख शून्यमा पेभिलियन फर्किए। 

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्ड्सका भान बिकले सर्वाधिक ४, डि लिड र विक्रमजित सिंहले २र२ तथा क्लेटन फ्लोएडले एक विकेट लिए। 

समूह ‘ए’ को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ । १ सय ६८ रनको विजयी लक्ष्यसहित नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

नेदरल्याण्ड्स दुई खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा छ। आजको खेल जिते नेपाल तेस्रो स्थानमा उक्लिेनछ । तर नेदरल्याण्ड्सले आफ्नो अन्तिम खेल जिते तेस्रो टोलीको टुङ्गो नेट रन रेटको आधारमा लाग्नेछ । 

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग  ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।आफ्नो तेस्रो खेलमा नेपाल बिहीबार पूर्वविश्वविजेता वेस्टइण्डिजसँग १०१ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस