१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलाको अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन् : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कविता र साहित्यको अनुरागी भएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साहित्यप्रति तिब्र अभिरुचि हुँदा हुँदै पनि राजनीतिको चपेटाले ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद नभएको बताएका हुन् ।

उनले भने,‘ म पनि कविता साहित्य कलाको अनुरागी हुँ । मलाई साहित्यप्रति तिब्र अभिरुचि त छ । तर राजनीतिको चपेटाले मलाई कहिँलेपनि त्यतापट्टि ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद दिएन ।’

उनले प्रज्ञा प्रतिष्ठानको वर्तमान नयाँ नेतृत्वको तर्फबाट सरकार समक्ष आएका प्रस्तावहरूप्रति सरकार सकारात्मक रहेको बताए । साथै प्रतिष्ठानलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता समेत जनाए ।

उनले भने, ‘प्रज्ञा प्रतिष्ठानको वर्तमान नयाँ नेतृत्वको तर्फबाट सरकार समक्ष आएका नयाँ र सृजनात्मक प्रस्तावहरूप्रति सरकार सकारात्मक छ । सरकारको तर्फबाट आवश्यक पहल पनि भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सांस्कृतिक रूपान्तरणको अभियान अगाडी बढाउन जरुरी रहेको टिप्पणी गरे ।

नेपाली समाजमा जरा गाडेर बसेको सामन्तवाद संस्कृति र आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको सङ्गीत समानुपातिक ,गणतान्त्रिक युग अनुरूपको संस्कृति निर्माण गर्नु आजको प्रमुख दायित्व भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस