२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य बन्न समर्थकलाई रविको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले समर्थकहरुले सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर टिका टिप्पणी नर्गन सर्मथकलाई आग्रह गरेका छन् ।

शनिवार धादिङ काठमाडौं सम्पर्क विभागले गरेको अन्र्तक्रिया कार्यक्रममा लामिछानेले, पार्टीका नेताविरुद्ध गरिएका गाली गलौचविरुद्ध सामाजिक सञ्जालमा नराम्रो टिकाटिप्पणी गर्दा पार्टीलाई नै असर पर्ने भन्दै उनले रचनात्मक र संयमित बन्न आग्रह गरेका हुन् ।

‘कसैले मलाई गाली गर्‍यो भन्दैमा तपाईंले पीर मान्न पर्दैन म गाली गर्नै नहुने मान्छे होइन् । राजनीतिमा आइसकेपछी गाली र ताली सहनुपर्छ, तर म र मेरा पार्टीका नेतालाई कसैले गाली गर्‍यो भन्दैमा तपाईंहरुले जाईलाग्न जरुरी छैन ।’

सर्मथकहरुले सामाजिक सञ्जालमा आफ्ना पार्टीका नेता विरुद्धमा गरिएका टिकाटिप्पणीलाई लिएर तल्लो स्तरमा झरेर जाइलाग्न नहुने बताएका उनले इमान्दार र रचनात्मक बन्न सुझाव दिए ।

उनले भने ‘हामीमाथी हाम्रा समर्थकहरु असहिष्णु छन् भनेर एकदमै धेरै आरोपहरु लगेका छन् । अब त्यो आरोपहरु खपेर बस्न सकिदैन् ।

तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया र समर्थन गर्ने तपाईं साथीहरुसँग मैले नगरे कसका अगाडि गर्ने ? यति बिन्ती तपाईंका अगाडि नगरे कसका अगाडि गर्ने ? पार्टी सभापतिको हिसावले तपाईहरुलाई अनुरोध छ, हामीले घृणा फैलाउने होइन, हामी विरुद्धका आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’

उनले इमानमा आफ्ना नेता रहेसम्म उनीहरुलाई समर्थन र बचाउनुपर्ने भन्दै आइलाग्ने माथि तल्लो स्तरमा गएर जाइलाग्ने भन्दा पनि शिष्ट र सभ्य आलोचकको रुपमा उदाहरण बन्न सामाजिक सञ्जालका समर्थकहरुलाई आग्रह गरे ।

त्यस्तै, उनले पार्टीले छ महिनाको छोटो अवधिमै राम्रो समर्थन (२१) सिट सहित नेतृत्व गरिरहेको भन्दै आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरि सगरमाथा चढ्ने तयारीमा जुट्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस