आणविक सुरक्षा बारे रुसमा छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आणविक सुरक्षा बारे रुसमा छलफल


९ असार २०८०, शनिबार


मस्को । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् ।

छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेका छन् ।

लिखाचेभले जोड दिँदै भने- रुसी पक्षले ‘आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास मिलेको बताएका छन् ।

उनले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराएका थिए । विशेष गरी पानी आपूर्ति ‘युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि,’ उत्पन्न सङ्कट लगायतका विषयमा छलफल भएको रोसाटोमले बताएका थिए ।

वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गरेका छन् । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस