२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज नेपाल र भारत भिड्दै

अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्ने भएको छ ।

साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने खेल राति ७:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।

समूह ए मा रहेको नेपाल अङ्क विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।

भारत ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।

नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस