आज नेपाल र नेदरल्यान्ड्स भिड्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


९ असार २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग भिड्दै छ ।

नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुँदैछ ।

नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ । दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स यात्रा निश्चित हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्यहोर्न पुगेको थियो ।

.

Tags :
प्रतिक्रिया दिनुहोस