भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु


८ असार २०८०, शुक्रबार


नयाँ दिल्ली । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो ।

‘आज चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,’ पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने । ‘गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ,’ उनले बताए ।

खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए ।

अधिकारीहरूका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दु मन्दिरको दर्शन गर्न जाँदै थिए ।

रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउठाउमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस