न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त


७ असार २०८०, बिहिबार


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन्।

न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्।

प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय ‘सर्च कमिटी’ गठन गरेका थिए। कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस