काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र ऊर्जावान् भएको दाबी गरेका छन्।
पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूले १ वर्षको अवधिमा ‘घण्टी’ बजाउन सफल भएको उनको दाबी छ । उनलाई पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सबैको हात रहेको भन्दै धन्यवाद दिए।
उनले आफूहरूको समाचार पुर्याउनेदेखि खबरदारी गरेको भन्दै उनले क्षमा पनि माग्ने र धन्यवाद पनि भन्ने बताए। उनले ‘ह्याप्पी डे’ मनाउने भन्दै विगतमा गल्ती गरेको भए क्षमा माग्ने र सहयोग गर्नेहरूलाई धन्यवाद दिने बताए।