काठमाडौँ । नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।
बैठक आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीका सांसदहरूले बजेटमाथि तीव्र असन्तुष्टि जनाइरहेका छन्। पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र पाण्डेले बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएका छन्।