काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय नसच्चिए सरोकारवाला निकायले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ध्यानाकर्षण गराउँदै एक हप्ताभित्र निर्णय नसच्चाइए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,“सरोकारवालाहरूको माग एक हप्ता भित्र सम्बोधन नभएमा सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरी अगाडी बढने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार स्वंयम हुने ब्यहोरा जानकारी गराउन चाहन्छौँ ।”
सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत बोर्ड खारेज गर्ने प्रस्ताव ल्याएपछि दुग्ध किसान र दुग्ध उद्योगीहरू आन्दोलनमा छन् ।
बोर्ड खारेजीको विरुद्धमा संसदमै आवाज उठेको छ ।
