अमेरिकाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

अमेरिकाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


५ असार २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले अमेरिकासँगको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस जित्दै नेपालका कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । आजको खेलमा नेपालका बलर सोमपाल कामी खेल्ने छैनन् । गएको आइतबार जिम्बावेसँगको खेलमा घाइते भएका उनी आजको खेलका लागि फिट नभएका हुन् । 

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, युएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस