२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्ट प्रवृत्तिका कारण नेपाली जनताको अवस्था बदल्न सकेनौं : कानूनमन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको जरा हल्लिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै कानून मन्त्री गुरुङले भ्रष्टाचारकै कारण नेपाली जनताको अवस्था बदल्न नसकेको बताए ।

उनले भने ‘ भ्रष्टाचारको जरा हल्लाउने काम तपाईँहरूले गर्न जरुरी छ । नेपाली राजनीतिमा २ वटा वर्ग र २ वटा जीवी छन् । एउटा श्रमजीवी र एउटा पराजीवि छ । पराजीविहरुलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन सक्दैन । ट्रेड युनियन आफ्नो अधिकार कानुनसँग मागेर हैन खोसेर लिन्छ । अब खोसेर अगाडि बढ्नुस् भनेर निर्णय गर्न चाहेँ । २०४६ सालको जनआन्दोलन पछि पटक पटक हामी अगाडि बढ्यौं ।

हामीले पटक पटक व्यवस्था बदल्यौं । तर भ्रष्ट प्रवृत्तिको कारणले नेपाली जनताको अवस्था बदल्न सकेनौं । हामी भ्रष्ट प्रवृत्तिलाई बदल्न सकेनौं । भ्रष्ट प्रवृत्तिलाई बदल्न आवश्यक छ । यसको अन्त्य गर्न आवश्यक छ । त्यसै कारणले गर्दा जात, धर्म, वर्ण, क्षेत्र, राजनीति, पार्टी र राष्ट्रियता हुँदैन भन्ने मान्यता स्थापित गर्नको लागि पहिला ट्रेड युनियन अगाडि बढ्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस