काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सिङ्गो वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहिलो पाइला भएको बताएका छन् ।
समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै सबै देशभक्त र क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म नयाँ विकल्प निर्माण हुन नसक्ने बताए ।
उनले भने, ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमूल परिवर्तन गर्दै सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने मोर्चा बनोस् ।’
उनले यो मोर्चालाई अझै विस्तार गर्नुपर्ने बताए ।