गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न निर्देशन


४ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालिमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनी गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयमा भनिएको छ, ‘यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ?’ 

उक्त घटनामा संलग्नउपर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिँदै समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानबिन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ।

बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ।

बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा बिचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस