चार प्रदेशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चार प्रदेशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


४ असार २०८०, सोमबार


काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज(सोमबार) कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस