जिम्बावेविरूद्ध कुशलको अर्धशतक पुरा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिम्बावेविरूद्ध कुशलको अर्धशतक पुरा


३ असार २०८०, आइतबार


काठमाडौँ । आजबाट जिम्बावेमा सुरु आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन्। 

घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे। उनले ८ चौका प्रहार गरे।

यससँगै कुशल टेस्ट टिमविरुद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्।

ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन्। 

नेपालले १३ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ५२ रन जोडेको छ। नेपालका लागि कुशल (५० रन) र आसिफ ३१ बनाएर खेलिरहेका हुन्।

यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस