मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन


३ असार २०८०, आइतबार


काठमाडौँ । मधेश प्रदेश सभामा पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको हो । 

प्रदेश सभामा एक बढी सांसद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।

सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा सङ्कर प्रसाद कलवार, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस