रेबिजविरुद्धको भ्याक्सिन अभाव « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रेबिजविरुद्धको भ्याक्सिन अभाव


३ असार २०८०, आइतबार


काठमाडौँ । बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा जिल्लावासी मर्कामा परेका छन् । 

कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन तीन पटक लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । तर पनि सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा नहुँदा कुकुर, बिरालोलगायत जङ्गली जनावरले टोकेर आएका बिरामी भ्याक्सिन नलगाई फर्कन बाध्य छन् । 

बर्दिया अस्पतालमा भ्याक्सिन नहुँदा अन्यत्रै जानुपर्ने बाध्यतामा छ । केही मात्रामा बर्दियाभित्र रहेका नगर अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन गरिए पनि पर्याप्त छैन । नगर अस्पतालहरूमा पनि रेबिजविरुद्धको भ्याक्सिन न्यून रहेको स्रोतले बताएको छ । चालू आर्थिक वर्षमा मात्र कुकुरको टोकाइबाट रेबिज सरेपछि पाँच जनाको मृत्यु भएको बर्दिया अस्पतालले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस