पाँचथरमा आएको बाढीमा ६ जना बेपत्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाँचथरमा आएको बाढीमा ६ जना बेपत्ता


३ असार २०८०, आइतबार


पाँचथर । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका हुन् । ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाले जनाएको छ ।

त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ताहरूको नाम भने खुल्न बाँकी छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस