स्वयम्भूमा खुला संग्राहलय आवश्यक छ : मन्त्री किराती « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

स्वयम्भूमा खुला संग्राहलय आवश्यक छ : मन्त्री किराती


२ असार २०८०, शनिबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वयम्भू नाथको ऐतिहासिकता झल्किने खालको खुल्ला संङ्ग्राहलय आवश्यक भएको बताएका छन् ।

शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले, आयोजना गरेको स्वयम्भू परिसर सरसफाइ कार्यक्रममा सहभागी मन्त्री किरातीले, खुला संग्राहलय बनाएर विश्वलाई स्वयम्भूको पौराणिक कथा र महत्त्व बुझाउन प्रयत्न गर्नुपर्ने धारणा राखेका हुन् ।

बौद्ध ग्रन्थहरूमा स्वयम्भूनाथ उत्पत्ति भएका विभिन्न कथाहरू उल्लेख गरिएको भन्दै सबै कथाहरूलाई खुल्ला संङ्ग्राहलयको रूपमा स्वयम्भूनाथ परिसरका भित्ताहरूमा राख्न सके अझै आकर्षक देखिने उनको भनाई छ ।

‘बुद्ध दर्शनको ग्रन्थहरूमा कथा र मिथहरुमा यो दश लाख वर्ष अगाडी पानी हुनुभन्दा पनि अगाडी मान्छेको बसोबास गर्ने विवरण कथाहरूमा उल्लेख छन् । यो सारा कथाहरूलाई खुल्ला संङ्ग्राहलयको रूपमा हाम्रो भित्ताहरूमा कथाहरू बोल्ने बनाउन पाए संसारभरिको लागि यो आँखा त त्यसै छ, आफैँ आकर्षक हुन्छ भन्ने लाग्छ’ उनले भने ।

उनले नेपाली सम्पदालाई अझै विश्वमा चिनाउन नसकेको भन्दै संस्कृतिको सम्मान र संरक्षणका लागि सबै लाग्नुपर्ने बताए ।

सरसफाइ कार्यक्रममा पुगेका मन्त्री किरातसहित, लोक दोहोरी कलाकार तथा स्वतन्त्र व्यक्तिहरूको ठुलै समूहले सम्पदा सरसफाइमा ऐक्यबद्धता जनाउँदै आज स्वयम्भूनाथ मन्दिर परिसर सरसफाइ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस