मेरो संलग्नता छैन, म निर्दोष थिए, अब अदालतबाट न्याय होला : बालकृष्ण खाँण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेरो संलग्नता छैन, म निर्दोष थिए, अब अदालतबाट न्याय होला : बालकृष्ण खाँण


१ असार २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पुर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार केन्द्रीय कारागार चलान भएका छन् । 

उनले अदालतबाट बाहिरिँदै गर्दा आफू निर्दोष भएको र अदालतबाट न्याय पाउने बताएका छन् । 

“मेरो संलग्नता छैन, म निर्दोष थिए,” खाँणले अदालतबाट बाहिरिँदै गर्दा पत्रकारसँग भने । 

उनले थुनामा रहँदा अध्ययन गरेर समय बिताउने बताएका छन् । “थुनामा रहँदा अध्ययन गर्छु, अब अदालतबाटै न्याय होला,” खाँणले भने, “सबै साथीहरूलाई धन्यवाद । म गएँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस