काठमाडौँ । कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्द गरिने भएको छ ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश प्रदेशसभामा शुक्रबार पेस गरेको आर्थिक वर्ष २०८०–०८१ मा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयले जारी गरेको क्यालेन्डरमा सो नीति उल्लेख गरिएको छ ।
सो क्यालेन्डर अनुसार काम अगाडि नबढे योजना नै रद्द गरिने र भाद्र मसान्त भित्र अनिवार्य रूपमा अख्तियारी लिइसक्नुपर्ने तथा कार्तिक मसान्तभित्र योजना ठेक्का लगाइसक्नु पर्ने व्यवस्था रहने क्यालेन्डरमा जनाइएको छ । योजना ठेक्का कार्तिक मसान्तभित्र नभए सरकारले योजना नै रद्द गर्ने छन् ।