काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६२ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री लामाले चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेका छन। वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।