गाँजा खेतीको अध्ययन र घरेलु मदिरा ब्राण्डिङ गर्दै गण्डकी सरकार  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गाँजा खेतीको अध्ययन र घरेलु मदिरा ब्राण्डिङ गर्दै गण्डकी सरकार 


१ असार २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए।

गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ।

चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । कम्तिमा ५ रोपनी क्षेत्रफल आगामी वर्ष चक्लावन्दी गर्ने लक्ष्य सरकारको छ । यसका लागि सरकारले १ करोड ९१ लाख विनियोजन भएको छ।

एक प्रदेश निर्वाचन क्षेत्र, एक नमूना होमस्टे कार्यक्रम सञ्चालन हुने भएको छ । यसअघि सरकारले करिब ४ सय होमस्टेलाई अनुदान दिएको थियो।

कार्यकर्तामुखी र अनुत्पादक क्षेत्रमा सरकारले होमस्टेका नाममा हचुवामा लगानी गरेको भन्दै चौतर्फ आलोचना भएको थियो।

हस्तकला, काष्ठकला उत्पादन गर्न र कोसेली घर निर्माण गर्न सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ।

धार्मिक पर्यटकीय विकासका लागि प्रमुख र प्रसिद्ध धार्मिक स्थलमा धर्म गुरुहरूको भ्रमण गराउने सरकारले बजेट ल्याएको छ।

मुक्तिनाथ(कैलाश मुक्ति मार्ग सम्भाव्यता अध्ययन तथा निर्माण गर्न १ करोड बजेट विनियोजन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस