आर्थिक वर्ष सकिनै लाग्दा पौने १२ खर्ब खर्च, आठ खर्ब ८० अर्ब आम्दानी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आर्थिक वर्ष सकिनै लाग्दा पौने १२ खर्ब खर्च, आठ खर्ब ८० अर्ब आम्दानी


१ असार २०८०, शुक्रबार


काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० सकिनै सकिनै लाग्दा सरकारले गर्ने खर्च ११ खर्ब ७६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने आम्दानी आठ खर्ब ८० अर्ब ३८ करोड भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार खर्च लक्ष्यको ६५.५६ प्रतिशत भएको छ । आम्दानी भने लक्ष्यको ६० प्रतिशत प्राप्त भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा चालु, पुँजीगत र वित्त व्यवस्थापन गरी १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । त्यस्तै राजस्व, सहायता र अन्य प्राप्तिबाट १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ सङ्कलन (आम्दानी) गर्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा सरकारले लक्ष्यअनुसार खर्च र आम्दानी गर्न सकेको छैन । त्यसमा पनि पुँजीगत खर्चतर्फ त सरकारले प्रयाप्त खर्च गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । जेठ ३२ गतेसम्म एक खर्ब ५३ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस