एभरेष्ट बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एभरेष्ट बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान 


१ असार २०८०, शुक्रबार


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि बैंकले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बाल स्वास्थ्यका क्षेत्रमा बहु विशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गरी, गुणस्तर वृद्धि र नियमनका विधि र प्रक्रियाको विकास तथा, नीति निर्धारण लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरूका लागि स्रोत केन्द्रको रूपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ उक्त चाइल्ड हेल्थ स्थापना भएको हो।

सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान् कोइरालालाई एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेका छन् ।

यसबाट बाल अस्पताल निर्माण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ। 

सो कार्यक्रममा नायव महाप्रबन्धक केशव राज पौडेललगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ । 

बैंकले १२५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस