काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।
आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमले जनाएको छ । ।
आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।