वर्षमान पुन स्वदेश फिर्ता  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्षमान पुन स्वदेश फिर्ता 


१ असार २०८०, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान स्वदेश फर्किएका छन्। चीनमा उपचार गराइरहेका पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका हुन् । 

पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार नेपाल आएका हुन्। पुनका साथमा पूर्व सभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन्।

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरू झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईँ, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो।

उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो।

चार महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस