२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक : मन्त्री शर्मा

अ+ अ-

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक रहेको बताएकी छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको आयोजनामा गत जेठ २७ देखि आजसम्म घोराहीमा भएको योग जागरण अभियानअन्तर्गत सप्ताहव्यापी निःशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्त्व र ज्ञान फैलाउनुपर्नेमा जोड दिइन् ।

‘समाजका हरेक गतिविधिलाई सकारात्मक रूप दिनका लागि साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्म बोध गरेर आफ्नो व्यस्त समयका बाबजुद पनि यसलाई लागू गरेका छौँ’, मन्त्री शर्माले भनिन्, ‘कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ तर हामी सबैले योग साधना नियमितरुपमा गर्न सकेमा जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्छु ।’

राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासनलगायत क्षेत्रमा कार्यरत व्यक्ति योग साधनामा सहभागी हुन अझ आवश्यक रहेको उनले जिकिर गरिन् । योगले सकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।

‘हाम्रो समाजमा आफूलाई मन पर्ने कुरामा समर्थन गर्ने तर उसले गल्ती गर्‍यो भने खबरदारी गर्न सक्ने हिम्मत राख्दैनौँ । अरूले गरेका राम्रा र असल कामलाई समर्थन वा धन्यवाद दिन पनि हामी हिचकिचाउँछौँ । यसरी दृष्टिकोण बन्नु विल्कुलै बेठीक हो । समाज र राष्ट्रको हित हुने काम जसले गरेको भए पनि हौसला दिन कन्जुस्याइँ गर्नुहुँदैन’, मन्त्री शर्माले भनिन्, ‘जिम्मेवार ठाउँमा बसेका वा जिम्मेवारी लिएकाबाट अझ यस खालका प्रवृत्ति देखिनुहुँदैन । सोच सकारात्मक बनाउन र समाजको हितका पक्षमा लाग्न योगको महत्त्व राजनीति गर्नेले, कर्मचारी, प्रहरी प्रशासनका व्यक्तिले अझ धेरै बुझ्नुपर्छ भन्ने म ठान्दछु ।’

सङ्गठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, पतञ्जलि योग समिति दाङका जिल्ला प्रभारी उदयबहादुर डाँगी, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज गोकर्ण वलीलगायतले योगको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस